०२ असार २०८३, मंगलबार

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, २५ पुस– पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मंगलबार छलफल हुँदैछ । लामो समयदेखि बस्न नसकेको एमाले र माओवादीको एकता संयोजन समितिको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । 

बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो । बैठकले पार्टी एकताका लागि संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्ने बताइएको छ । संयोजन समितिको बैठक बस्नुअघि दुवै दलले आन्तरिक छलफल गरेका छन् । 

सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै माओवादी केन्द्र र एमालेका तर्फबाट नेताहरु सम्मिलित कार्यदल बनाइने निर्णय गरेको एमालेले जनाएको छ । संयोजन समितिमा एमालेका ४ जना र माओवादीका ३ जना नेता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्