०२ असार २०८३, मंगलबार

साउदी रंगशाला महिलाका लागि खुला

पुस २५, २०७४
साउदी रंगशाला महिलाका लागि खुला

काठमाडौँ, २५ पुस- साउदी अरबको रंगशाला शुक्रबारदेखि महिलाहरूका लागि खुला गरिने भएको छ । प्रत्यक्ष रूपमा फुटबल प्रतियोगिता हेर्नका लागि महिलाहरूलाई पनि रंगशाला खुला गरिएको सरकारले जनाएको हो । ‘साउदी अरबका महिलाहरूले इतिहासमै पहिलोपटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबारदेखि उनीहरूले प्रत्यक्ष रूपमा रंगशालामा पुगेर अवलोकन गर्न सक्नेछन्,’ साउदी सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारको निर्णयको महिला अधिकारवादी समूहले स्वागत गरेका छन् भने धार्मिक कट्टरपन्थीले विरोध जनाएका छन्, नयाँ पत्रिकाले खबर छापेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्