०३ असार २०८३, बुधबार

भारतमा एक नेपाली बेवारिसे भेटिए

पुस २५, २०७४
भारतमा एक नेपाली बेवारिसे भेटिए

बैतडी, २५ पुस-  भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् । 

छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत राससलाई जानकारी दिनुभयो । 

मानसिक अवस्था ठीक नभएका मन्नो दुई महिनादेखि घरपरिवारको सम्पर्क बाहिर रहेकामा बेवारिसे अवस्थामा फेला परेका हुन् । उहाँले भन्नुभयो, “घरपरिवार खोज्दै बेवारिसे अवस्थामा सडकमा देखा परेका मन्नोलाई हामीले नियन्त्रणमा लिएका हौँ ।” 

मन्नो अहिले आफूहरुसँग रहेकाले उहाँलाई नेपाल पठाउन तयारी भइरहेको महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल पठाउनलाई आर्थिक संकलनमा जुटेका छौँ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्