२२ असार २०८३, सोमबार

बास्केटबल टोली चीन प्रस्थान

जेठ २६, २०८३
काठमाडौं
बास्केटबल टोली चीन प्रस्थान

आठौँ एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको पुताउ प्रस्थान गरेको छ ।

यही जुन १० देखि १५ तारिखसम्म हुने ‘३ बाई ३’ स्वरुपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।

प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रुपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद सङ्घका महासचिव पूर्णसिंह बोहराले जानकारी दिए । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहता र शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार राजु सिंहले आजै एक कार्यक्रमबीच बिदाइ गरे । 

salt training

कमेन्ट गर्नुहोस्