
ब्राजिलका स्टार विङ्गर विनीसियस जुनियरले फिफा विश्वकपमा एउटा दुर्लभ र ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनी एउटै विश्वकप संस्करणका सबै तीनवटै समूह चरणका खेलहरूमा गोल गर्ने ब्राजिलको इतिहासकै पाँचौँ खेलाडी बनेका हुन्।
ऐतिहासिक रूपमा ब्राजिलियन फुटबलका लागि यो कीर्तिमान निकै सुखद र भाग्यशाली मानिन्छ। यसअघि ब्राजिलका लागि सन् १९७० मा जाइर्जिनो, सन् १९९४ मा रोमारियो तथा सन् २००२ मा रोनाल्डो र रिभाल्डोल् यो कीर्तिमान कायम गरेका थिए । उल्लेखित तीनवटै अवसरहरूमा (सन् १९७०, १९९४ र २००२) समूह चरणका सबै खेलमा आफ्ना खेलाडीले गोल गर्दा ब्राजिलले विश्वकपको उपाधि (ट्रोफी) चुम्न सफल भएको थियो ।
विनीसियसले यस विश्वकपको पहिलो समूह चरणमा कुल ४ गोल गरिसकेका छन् । यससँगै उनले फिफा विश्वकपको एउटै पहिलो समूह चरणमा कुनै पनि ब्राजिलियन खेलाडीले गरेको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेको छ । यसअघि सन् १९७० मा जाइर्जिनो, सन् २००२ मा रोनाल्डो र सन् २०१४ मा नेयमारले मात्र पहिलो समूह चरणमा ४ गोल गर्न सकेका थिए।