१६ असार २०८३, मंगलबार

अदातलको आदेशले नै पराजुली न्यायालयको नेतृत्व गर्न योग्य नभएको पुष्टी गर्छ : डा. केसी

अदातलको आदेशले नै पराजुली न्यायालयको नेतृत्व गर्न योग्य नभएको पुष्टी गर्छ : डा. केसी

काठमाडौं, २७ पुस– डा गोविन्द केसीले अदालतको आदेशले नै प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको पुष्टी गरेको बताएका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले पराजुलीको आधारभुत योग्यता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानविन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको भन्दै कुनै पनि अवस्थामा पराजुलीले न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्ट रहेको बताए ।

उनले विज्ञप्ति मार्फत आफूले प्रधानन्यायधीश गोपाल पराजुलीको सम्बन्धमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिएर अदालतले  प्रधानन्यायधीश पराजुलीलाई न्यायिक छानविनको दायरामा राखेको भन्दै आदेशको प्रशंसा गरे ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियान लिएर सत्याग्रहमा रहेको भन्दै डा. केसीले सबै मागहरु पूरा नभएसम्म आफ्नो सत्याग्रह जारी रहने अडान राखेका छन् ।

उनले गत पौष २४ गतेको प्रेस विज्ञप्तिमार्फत् गोपाल पराजुलीको राजीनामा माग गरेकोमा अब न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्