१९ असार २०८३, शुक्रबार

समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह

समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह

काठमाडौँ, २७ पुस - प्रेस काउन्सिल नेपालले मानवीय अभिरुचिका विषयमा समाचार वा तस्वीर सम्प्रेषणमा ध्यान आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ । 

काउन्सिलले खासगरी शीतलहरका कारण तराईका जिल्लामा केही नागरिक र बालबालिकाको ज्यानसमेत गइसकेका सन्दर्भमा त्यसबारे तस्वीर वा समाचार सार्वजनिक गर्दा ध्यान पु¥याउन आग्रह गरेको हो । 

“शीतलहरलगायत विषयमा अत्यन्तै संयमित भई पत्रकार आचारसंहिताको समेत पालना गरी सत्यता–तथ्यपरकता, सन्तुलन, वस्तुनिष्ठता र शिष्टतामा ध्यान दिएर समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिल नेपाल सबैमा हार्दिक अपिल गर्दछ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्