०२ साउन २०८३, शनिबार

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता

असार ३०, २०८३
काठमाडौं
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन् ।

उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेका हुन् ।

उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्