
राजधानीको स्वयम्भूनाथ परिसरस्थित भजन किर्तन गर्ने ठाउँमा शुक्रबार साँझ आगलागी भएको छ ।
स्वयम्भूको मूल गेटतर्फको उकालो नजिकैको घरमा आगलागी भएको हो ।
आगलागी नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीका साथै दमकलको सहयोगमा निणन्त्रणमा लिइएको थियो ।
आगलागीबाट उक्त घर पुर्णरुपमा क्षति भएको छ । आगलागी के कारणले भएको हो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।














