०२ असार २०८३, मंगलबार

दिउँसोदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारू

पुस २९, २०७४
दिउँसोदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारू

बुटवल, २९ पुस–  सुख्खा पहिरो खसेर शनिवार दिउँसोदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अपराह्नदेखि खुलेको छ । 

पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै सडकमाथिबाट सुख्खा पहरोसँगै खसेको ठूलो ढुंगाले राजमार्ग अवरुद्ध भएको थियो । 

डोजर प्रयोग गरेर ढुङ्गा हटाइएपछि शनिवार अपराह्न ५ बजेदेखि बाटो खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

सुख्खा पहिरोबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा पटक पटक सुख्खा पहिरोसँगै ढुंङगा खस्दा यात्रुहरु सास्ती खेप्दै आएका छन् ।  


 

salt training

कमेन्ट गर्नुहोस्