
कालीकोट, ३० पुस– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका म्यादी प्रहरीको परिवारले घटनाको छानबिन प्रतिवेदन माग गरेको छ । कालीकोट प्रहरी र म्यादी प्रहरीबीच पुस ७ गते भएको विवादमा प्रहरीको गोली लागेर म्यादी प्रहरी विवेक एडीको मृत्यु भएको थियो ।
सो घटनाको छानबिन गर्न गठित समितिले ढिलाइ गरेको भन्दै छिटो प्रतिवेदन सार्वजनिक गर्न पीडित परिवारले माग गरेको हो । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन बाहिर नआउँदै घटनामा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई दोष लगाइएको समाचार बाहिर आएको थियो ।
मृतकका आफन्तले घटनालाई बंग्याएर प्रतिवेदन ल्याए, पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्, नयाँ पत्रिकामा खबर छ ।