०८ असार २०८३, सोमबार

आयोगको चेतावनीपछि चुपचाप सूची सच्याउँदै राजपा !

पुस ३०, २०७४
आयोगको चेतावनीपछि चुपचाप सूची सच्याउँदै राजपा !

काठमाडौं, ३० पुस-  निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ। आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। 
 ‘आइतबार कार्यालय खुल्नासाथ आयोगले भनेअनुसार नै सूची बुझाउनेछौं,’ यादवले भने। आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएको थियो। 
चेतावनीपछि राजपाका नेता शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए। भेटपछि राजपाले आयोगसँग सूची सच्याउन केही दिन पर्खन आग्रह गरेको थियो। यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो। समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्