२९ जेठ २०८३, शुक्रबार

दक्षिण कोरियालाई लक्षित गर्दै उत्तर कोरियाले विशेष कारबाही थाल्ने

कात्तिक २०, २०७४
दक्षिण कोरियालाई लक्षित गर्दै उत्तर कोरियाले विशेष कारबाही थाल्ने
काठमाडौं, २६ मंसिर — उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाविरुद्ध एक विशेष कारवाहीका लागि आइतवार निर्देशन दिएका छन् । दक्षिण कोरियामा राजनीतिक उथलपुथल भइरहेका बेलामा उत्तर कोरियाले फाइदा लिन सक्ने भन्दै दक्षिण सावधान भएको छ ।


उत्तर कोरियाको आधिकारिक न्युज एजेन्सी केसीएनएले सैनिकहरूले कुन बेला लडाईंको अभ्यास गरे बताएन । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन ह्येलाई महाभियोग लागेको बारेमा पनि कुनै उल्लेख गरेन ।

दक्षिण कोरियाको राष्ट्रपति भवनलाई लक्ष्य बनाएर लडाईंको अभ्यास गरिएको एक चित्र रोदोङ सिन्मुन पत्रिकामा छापिएको छ ।

दक्षिण कोरियाका प्रधानमन्त्री ह्वाङ क्यो आह्नले उच्च सैनिक सतकर्ताको आदेश दिएका छन् ।

उत्तर कोरियाले धमाधम आणविक तथा क्षेप्यास्त्र परीक्षण गरेकाले कोरियाली प्रायद्वीपमा यस वर्ष तनाव बढेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी लगाएको छ ।

उत्तर कोरियाले जारी गरेको एक तस्वीरमा किमले दूरबीनबाट युद्ध अभ्यास हेरिरहेको देखिन्छ ।

रोयटर्स

salt training

कमेन्ट गर्नुहोस्