०६ साउन २०८३, बुधबार

अर्नाको आक्रमणबाट १३ वर्षीया सजनमको मृत्यु, एकजना गम्भीर घाइते

अर्नाको आक्रमणबाट १३ वर्षीया सजनमको मृत्यु, एकजना गम्भीर घाइते

इनरुवा, २ माघ -अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ । 

घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिनुभयो । 

अर्नाको आक्रमणबाटस्थानीयवासी जमिलको छोरा जावेद आलम भने गम्भीर घाइते भएकामा जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्