०३ असार २०८३, बुधबार

फोटोमा खराब कमेन्ट गर्नेलाई यी मोडलले यस्तो जवाफ फर्काइन्

माघ २, २०७४
फोटोमा खराब कमेन्ट गर्नेलाई यी मोडलले यस्तो जवाफ फर्काइन्

टेलिभिजन अभिनेत्री तथा मोडलले भने दर्शकको भद्दा प्रतिक्रियाप्रति झन् कडा जवाफ फर्काएर जग हँसाएकी छिन् । ती अभिनेत्री हुन्, समा सिकन्दर । समाले हालै आफ्ना बिकिनी पोजका फोटा इन्स्ट्राग्राममा अपलोड गरेकी थिइन् । केही दिनयता मेलबर्नमा ब्वाइफ्रेन्डका साथ मस्ती गरिरहेकी समाका ती बिकिनी फोटाप्रति अडियन्सले ट्रोल बनाएनन् मात्रै, विविध अश्लील गालीगलौजसमेत गरे ।

तर, समाले आफूले गल्ती गरेको महसुस पटक्कै गरिनन् । उनले उल्टै आफ्नो फोटामा खराब कमेन्ट गर्नेलाई कडा शब्दमा जवाफ फर्काइन् । उनले हरेक स्त्रीसँग दुईटा स्तन हुने र तिनै स्तनका कारण पुरुषभन्दा स्त्री फरक देखिने गरेको स्मरण गराउँदै आफूलाई आफ्ना  स्तनप्रति गर्व महसुस हुने उत्तर दिइन् । उनको जवाफ पढेर दर्शकहरू चकित परेका छन् । तर, उनलाई गाली गर्ने क्रम भने रोकिएको छैन ।

केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी समाले सन् २००३ देखि २००५ सम्म चलेको टिभी सिरियल ‘ए मेरी लाइफ है’बाट चर्चा कमाएकी हुन् । केही फिल्ममा समेत अभिनय गरेकी उनले सन् २०१० मा फेसन डिजाइन कम्पनी खोलिन् । पछिल्ला दिनमा उनी फेसन मोडलका रूपमा समेत चर्चित छिन् ।

समाले केही वर्षअघि आफू डिप्रेसनको सिकार भएको खुलासा गरेकी थिइन् । डिप्रेसनका कारण आफूले ५ वर्षअघि आत्महत्या गर्ने कोसिससमेत गरेको उनले बताएकी थिइन् । उनी अचेल ब्वाइफ्रेन्डका साथ निकै खुसी रहेको बताउने गर्दछिन् । -नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्