०८ साउन २०८३, शुक्रबार

को-को बन्दैछन् प्रदेश प्रमुख ? यी हुन् सम्भावित नाम

को-को बन्दैछन् प्रदेश प्रमुख ? यी हुन् सम्भावित नाम

काठमाडौं, ३ माघ- सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । यसका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। दिउँसोको बैठकबाट प्रदेश प्रमुख तोकिने स्रोतको दाबी छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसकेन्द्रित २ दलसँगको मात्र भागबण्डा प्रदेश प्रमुख तोक्ने तयारी गरेका छन् । यद्यपि केही दिनअघि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने विषयमा सहमतिको पहल गरेका थिए। 

बैठकमा एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै तत्काल नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रदेश नम्बर २ मा राजपा र प्रदेश नम्बर ५ मा संघीय समाजवादी फोरम नेपाललाई छाडेर बाँकी प्रदेशमा कांग्रेस समर्थित व्यक्तिलाई प्रदेश प्रमुख बनाउन लागेका छन्।

यसक्रममा प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा उमाकान्त झा र प्रदेश ३ मा अनुराधा कोइरालालाई प्रदेश प्रमुख बनाउने तयारी छ। यसैगरी प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख बन्ने सम्भावना छ ।

झा र कायस्थबाहेक सबै कांग्रेसनिकट हुन्। झा खिलराज रेग्मी नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए। यस्तै सीएनएन हिरोसमेत घोषित कोइराला माइती नेपालकी अध्यक्ष हुन् । कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए भने मल्ल कांग्रेस महासमिति सदस्य हुन् ।

यी नामहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रस्तावको रुपमा मन्त्रिपरिषद्मा पुगेको स्रोतले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्