
काठमाडौं, ३ माघ– प्रदेश प्रमुख र अस्थायी मुकाम बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।
बुधबार विहान बैठक बसेको भएपनि मन्त्रिपरिषदमा प्रदेश प्रमुखर र अस्थायी मुकामबारे मन्त्रीहरुबीच सहमति जुट्न नसकेपछि बैठक अपराह्न तीन बजेका लागि फेरि बोलाइएको थियो ।
मन्त्रिपरिषद बैठकमा तीन नम्बर प्रदेशको राजधानी हेटौंडा बनाउन उपप्रधानमन्त्री कमल थापाले दवाव दिएका थिए भने एक नम्बर प्रदेशको राजधानी धनकुटा बनाउन मन्त्री सुनिल थापाले दबाब दिएका थिए । प्रदेश नम्बर चारको विषमा पनि विवाद छ ।