
काठमाडौं, ४ माघ- लामो रस्साकस्सीपछि सरकारले प्रदेशको अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम निर्धारण गर्दै सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले नियुक्ति गरेपछि मात्रै प्रदेश प्रमुखहरूले आफ्नो जिम्मेवारी वहन गर्न पाउनेछन् ।
सरकारले आफैंले बनाएको मापदण्डविपरीत राजनीतिक दलमा प्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिलाई प्रदेश प्रमुख बनाएको छ । प्रदेश प्रमुख नियुक्ति हेर्दा सरकारले प्रदेश प्रमुखको योग्यता सम्बन्धमा बनाएको प्रदेश प्रमुखसम्बन्धी ऐन, २०७४ विपरीत प्रदेश प्रमुख नियुक्ति गरेको पाइएको छ । ऐनमा प्रदेश प्रमुखमा नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्तिलाई प्रदेश प्रमुख नियुक्ति गर्नुपर्ने व्यवस्था छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
।
राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने बताउँदै आएको सरकारले एकपक्षीय रूपमा प्रदेश प्रमुख र अस्थायी मुकाम निर्धारण गरेको हो ।