०६ साउन २०८३, बुधबार

प्रदेशको राजधानी तोकिएपछि ठाउँ ठाउँमा विरोध, धनकुटामा सरकारी कार्यालयमा आगजनी

प्रदेशको राजधानी तोकिएपछि ठाउँ ठाउँमा विरोध, धनकुटामा सरकारी कार्यालयमा आगजनी

काठमाडौं ४ माघ– सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपछि बिहीवार विहानै देखि देशका विभिन्न भागमा विरोध प्रदर्शन शुरु भएको छ ।

प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएकोमा धनकुटामा बिरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीले धनकुटाका सरकारी कार्यालयमा ढुङ्गामुडा गरेका छन् ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि राजधानी मागगर्दै वीरगञ्जमा पनि प्रदर्शन भएको छ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडा तोकिएकोमा कांभ्रेस, भक्तपुर र ललितपुरका नेताहरुले विरोध जनाएका छन् । 

चर्को विवाद प्रदेश नम्बर ५ र ७ मा देखिएको छ । रुपन्देहीलाई प्रदेशको राजधानी तोकिएपछि दाङको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । प्रदेशको राजधानी दाङलाई बनाउन मागगर्दै तीन दिनदेखि बन्द छ ।

प्रदेश नम्बर ४ र ६ शान्त देखिएका छन् । प्रदेश नम्बर ७ मा पनि आन्दोलन चर्केको छ । धनगढीलाई प्रदेशको राजधानी तोकिएपछि डोटीमा बुधवार देखिनै प्रदर्शन भइरहेको छ । 

यसअघि मन्त्रिपरिषद्को बुधवारको बैठकले सात प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गरेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्