काठमाडौं १२ माघ - पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चा र काग्रेस–एमालेसँग फरक कुरा गरेर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भट्टराइले मधेशी मोर्चा भेटदा संविधान संशोधन पहिले र काग्रेस एमाले भेटदा निर्वाचन पहिले भनेर प्रधानमन्त्री प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् ।
यसअघि माघ १५ गते भित्रमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले मंगलवार मधेशी मोर्चाका नेताहरुसँग संशोधन पछिमात्र निर्वाचन मिति घोषणा गर्ने बताएका समाचार प्रकाशित भएको थियो ।