
बुटवल ७ माघ – प्रदेशको राजधानी दाङ बनाउनु पर्ने मागगर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि बुटवल आएका छन् ।
सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि दाङमा आमहड्ताल भएको थियो ।

५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेल सहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् ।
प्रदेश सांसदको शपथ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल पनि उपस्थित थिए ।