२८ जेठ २०८३, बिहीबार

विवाद भएपनि पद्मावतको एड्भान्स बूकिङ धमाधम खुल्दै, फिल्मप्रति दर्शकको चरम उत्साह

विवाद भएपनि पद्मावतको एड्भान्स बूकिङ धमाधम खुल्दै, फिल्मप्रति दर्शकको चरम उत्साह

काठमाडौं, ७ माघ — सञ्जय लीला भन्सालीको विवादास्पद फिल्म पद्मावत बिहीवार सार्वजनिक हुँदैछ । गुजरात र राजस्थानका कैयौं क्षेत्रमा फिल्मको विरोध जारी छ तर फिल्म देखाइने शहरहरूमा यसको एड्भान्स बूकिङ शुरु भइसकेको छ । 

फिल्मको ट्विटर ह्यान्डलमा एड्भान्स बूकिङका लागि लिंक शेयर गरिएको छ अनि प्रशंसकहरूलाई रिलिजभन्दा एक दिनअघि नै अर्थात् बुधवार फर्स्ट डे फर्स्ट शो बूक गराउनका लागि जानकारी दिइएको छ । प्रशंसकहरू फिल्मको स्क्रीनिङका लागि उत्साहित देखिन्छन् । 

डिसेम्बर महिनाको पहिलो तारिखमा सार्वजनिक हुनुपर्ने पद्मावत अहिले आएर रिलिज हुन लाग्दा दर्शकहरूमा रोमाञ्च दुईगुणा बढेर गएको छ । सर्वोच्च अदालतले फिल्मको स्क्रीनिङमा लगाइएको प्रतिबन्धलाई हटाएपनि गुजरात र राजस्थानमा फिल्ममाथि रोक लगाइएको छ ।

पद्मावतको विरोध गरिरहेको राजपूत करणी सेनाले फरीदाबादमा मल्टीप्लेक्स जलाइदिएका थिए । 

विवाद हुनसक्ने शहरहरूमा समेत पद्मावतको विशाल एड्भान्स बूकिङ देखिएकाले दर्शकहरू यो फिल्म हेर्न छुटाउने मूडमा देखिँदैनन् । फिल्म हेर्न नपाउने राज्यका दर्शकले ट्वीट गरेर आफ्नो पीडा बयान गरिरहेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्