
काठमाडौं ७ माघ– केही बर्षदेखि अचेत अबस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अबस्थावारे कांग्रेसका केही नेताले उनको निवासमा पुगेका छन् ।
कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, रामहरि खतिवडा, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वमन्त्री निलाम्वर आचार्य लगायतका नेताहरु शनिवार बास्तोलाको निवासमा पुगेका थिए ।
‘हिजो हामी किशुनजीको आश्रममा पुगेका थियौं, त्यसपछि चक्र बास्तोलाकोमा पुग्यौ’ कांग्रेस नेता खतिवडाले लोकान्तरसँग भने, ‘बोलाउन गयौ, बोल्न सकेनौं। उहाँको अबस्था देखेर हामी स्तव्ध भयौ ।’
देशको लागि निश्वार्थ सेवा गर्ने नेताद्वयको श्रद्धाले आफूहरु त्यहाँ गएको खतिवडाले बताए । मष्तिस्कघातका कारण नेता बास्तोला केही बर्षदेखि अचेत छन् ।