२१ जेठ २०८३, बिहीबार

हलिउड फिल्म जुमान्जीले नेपाली बक्सअफिसमा कमायो करोड

हलिउड फिल्म जुमान्जीले नेपाली बक्सअफिसमा कमायो करोड

पछिल्लो समय नेपाली बक्सअफिसमा हलिउड सिनेमा प्रभावशाली बन्न थालेका छन् । डाउने जोन्सन स्टारर एक्सन, एड्भेन्चर र कमेडी ड्रामा जुमान्जी ः वेलकम टु द जंगल उत्साहजनक समिक्षा र राम्रो अकुपेन्सीसहित चौंथो सातामा प्रदर्शन भैरहेको छ । 

यस अवधिमा नेपाली मल्टिप्लेक्सबाट १ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको सिनेमालाई आइबार काठमाडौंमा विशेष प्रदर्शन गरियो । मिडियाकर्मी र माइती नेपालका बालबालिकाले फिल्म हेरे । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले प्रदर्शन आयोजना गरेको थियो । 

जेक कस्डन निर्देशित फिल्मलाई क्रिटिक्सले रुचाएका छन् । जुमानी फ्रेन्चाइजको यो दोस्रो सिक्वेलमा भिडियो गेममार्फत भर्चुअल संसारमा छिरेका चार हाइस्कुल विद्यार्थीले वास्तविक संसारमा फर्कन गरेको संघर्षलाई चित्रण गरिएको छ । 

‘राम्रो ढंगमा फिल्म प्रदर्शन भैरहेको छ र करोड कमाउन पनि सफल छ’ कम्पनी वितरण प्रमुख जेनिस पहारीले भनिन्, ‘हलिउड फिल्म पछिल्लो समय प्रभावशाली बन्न थालेको उदाहरण हो यो ।’ एप्पलले करोड कमाउने फिल्मलाई विशेष सोसहित कतिपयको प्रिमियर समेत आयोजना गर्ने गरेको छ । 

सन् २०१८ मा मेज रनर ः द डेथ क्योर, पिटर ¥याबिट, अल्फा, रेड स्पारो, टम्ब रेइडर, डेडपुल २, होटल ट्रान्सिलभेनिया ३, भेनम, न्यू म्युचन्टस लगायतका फिल्मलाई एप्पलले नेपाल रिलिज गर्दैछ । 

कम्पनीले हलिउडका मुख्य स्टुडियोहरु फक्स, सोनी पिक्चर्स, वार्नर ब्रोज, युनिभर्सल एवं बलिउडका पीभीआर र तानवीर स्टुडियोका फिल्म वितरण गर्दै आइरहेको छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्