२३ जेठ २०८३, शनिबार

नेपाली कम्पनीहरु र चिनियाँ उद्यमीबीच व्यापारिक सम्झौता

नेपाली कम्पनीहरु र चिनियाँ उद्यमीबीच व्यापारिक सम्झौता

काठमाडौं, ६ माघ- आज मिति २०७४ साल माघ ७ गते बेजिङ्ग स्थित ओ.वि.ओ. आर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्विराष्ट्रिय व्यापार आदान प्रदान तथा व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता समेत भएको छ । उक्त व्यापारिक मण्डल यहि माघ ४ गते चिन प्रस्थान गरेको थियो । ओ.बि.ओ.आर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्कर राज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो ।

उक्त कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष श्री सुरज बैध समेत चिनका ओ.वि.ओ.आर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । चिनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभागिता रहेको थियो । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मल राज पौडेल, कार्यबिनायक टे«ड समुहका राजेश  बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीहरुको समेत सहभागिता रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्