०३ असार २०८३, बुधबार

राष्ट्रियसभा निर्वाचनका लागि एमालेमा चार गुणा बढी नाम सिफारिस

माघ ८, २०७४
राष्ट्रियसभा निर्वाचनका लागि एमालेमा चार गुणा बढी नाम सिफारिस

काठमाडौं, ८ माघ - एमालेका प्रदेश कमिटीले राष्ट्रियसभाको निर्वाचनका लागि भागबन्डामा पार्टीले पाएको सिटभन्दा चार गुणा धेरै सिफारिस गरेका छन्। माघ ३ को वाम गठबन्धनको कार्यदल बैठकले राष्ट्रियसभाका निर्वाचन हुने ५६ सिटमध्ये ४३ सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो। एमालेको भागमा परेका २९ सिटमा तोकिएभन्दा धेरै सिफारिस आएको हो। राष्ट्रियसभाका लागि गरिएका सिफारिसमा पूर्वसांसद् तथा पूर्वमन्त्री समेत छन्।

मापदण्डअनुसार पठाउनु पर्नेमा धेरै पठाउँदा उम्मेदवार छनोट गर्न कठिन भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्