०९ असार २०८३, मंगलबार

प्रदेश प्रमुखले पाएनन् झन्डावाल गाडी, के-के हुन्छ सुबिधा ?

माघ ८, २०७४
प्रदेश प्रमुखले पाएनन् झन्डावाल गाडी, के-के हुन्छ सुबिधा ?

काठमाडौं : गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिनदेखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन्। प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ‘ध्यान दिन नसक्दा' प्रदेश प्रमुखहरू झन्डावाल गाडी चढ्नबाट वञ्चित भएका हुन्। प्रदेश प्रमुखसम्बन्धी व्यवस्था पहिलोपटक गरिएकाले तत्काल झन्डाको व्यवस्थापन गर्न नसकिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएलगत्तै गृह मन्त्रालयले प्रदेश प्रमुखहरूलाई सामान्य खालको स्कोर्पियो गाडी जोहो गरेको थियो। हतारमा गाडीको जोहो भए पनि तत्काल राष्ट्रिय झन्डा फहराउने व्यवस्था गर्न नसकिएको दुवाडीले स्विकारे, अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रदेश प्रमुखको सुविधा 
मासिक पारिश्रमिक ६४ हजार

पोसाक सुविधा प्रतिवर्ष १८ हजार

अतिथि सत्कार तथा भैपरी खर्च मासिक ४० हजार

स्वदेश भ्रमणभत्ता प्रतिदिन ३ हजार

विदेश भ्रमणभत्ता प्रतिदिन २५० डलर

बिमा १५ लाख

सचिवालय कर्मचारी १२ जना
 

salt training

कमेन्ट गर्नुहोस्