
तनहुँ, ८ माघ– सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना शुल्क तिरेपछि छुटकारा पाइन्छ ।
जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सबिनै वर्षौंदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन । हरेक दिनजसो चेकजाँच पनि हुन्छ । तर, ट्राफिक प्रहरीले जरिवानाबापतको सामान्य चिट काटेपछि उनीहरु पुनः सवारी चलाउन योग्य हुन्छन् ।
ग्रामीण भेगमा मात्रै होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेका छन्, नयाँ पत्रिकामा खबर छ।