२८ जेठ २०८३, बिहीबार

‘पद्मावत’ मा के छ त्यस्तो ? रिलिज रोक्न हजारौं मानिस सडकमा ओर्लिए !

‘पद्मावत’ मा के छ त्यस्तो ? रिलिज रोक्न हजारौं मानिस सडकमा ओर्लिए !

काठमाडौं, ८ माघ– हिन्दी फिल्म ‘पद्मावत’ रिलिजविरुद्ध भारतमा प्रदर्शन भएको छ । हजारौं मानिस सडकमा आएर विरोध जनाएका छन् । फिल्मको रिलिज रोक्न सडकमा प्रदर्शन गरेका हुन् ।

करनी सेनाका कार्यकर्ताले गुडगाउँमा यातायात ठप्प पारेका छन् भने नोयडामा बस तोडफोड गरेका छन् । सुरत र गुजरातका अन्य ठाउँमा निजी र सार्वजनिक गाडीमा आक्रमण गरेका छन् । 

अहेमदावाद–उदयपुर हाइवेमा हजारौं मानिसहरु सडकमा उत्रिएका छन् । मुन्दरा–माधवी हाइवे करिब १० घन्टा आन्दोलनकारीको नियन्त्रणमा रह्यो।  

गुजरातमा त्यहाँको राज्य सरकारले हिंसामा उत्रिनेविरुद्ध कडा कारवाहीको चेतानवी दिएको छ । अहेमदावादमा मल, मल्टिप्लेक्स र कुनै पनि भवनभित्र फिल्मको विषयलाई लिएर कुनै गतिविधि भए कडा कारबाहीको चेतावनी दिएको छ ।

५ सय भन्दा बढी राजपुत महिलाहरुले ’जय जुहार’, ’जय भवानी’ भन्दै मार्चपास गरेका छन् । महिलाहरुले सुरुमा त अग्निदाह गर्नेसमेत चेतावनी दिएका थिए तर पछि त्यसलाई स्थगित गरे । भारतको सर्वोच्च अदालतले फिल्म रिलिजमा अवरोध नगर्न फैसला सुनाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्