०८ असार २०८३, सोमबार

राष्ट्रपतिमा चुनाव लड्छु भन्दा पक्राउ

माघ ९, २०७४
राष्ट्रपतिमा चुनाव लड्छु भन्दा  पक्राउ

इजिप्ट, ९ माघ - इजिप्टको राष्ट्रपतिका आकाङ्क्षी पूर्व सेनाप्रमुखलाई इजिप्टको सेनाले मङ्गलबार पक्राउ गरेको छ । 

इजिप्टले यही बर्षको मार्च २६–२८ मा हुने भनिएको निर्वाचनमा पूर्व जनरल समी अन्नानले वर्तमान् राष्ट्रपति अब्देल फताह अल सिसीसँग लड्ने चर्चा चलिरहेका समय सेनाले उहाँलाई पक्राउ गरेको इजिप्टको राज्य सञ्चालित समाचार संस्थाले सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ । 

अन्नानका विशेष सहयोगीका अनुसार उहाँलाई सक्रिय सैनिकबाट औपचारिक रूपमा सेवा त्यागेको, सेनाको कानून मिचेको र राष्ट्रपतिको आकाङ्क्षीका रूपमा प्रस्तुत गरेकोप्रति सोधपुछ गर्न लागिएको छ । 

अन्नानले आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्ने भनी गत महिना घोषणा गर्नुभएको थियो । अन्नान सन् २०१२ मा सेनाबाट अबकाश लिनुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्