१३ असार २०८३, शनिबार

नगर प्रमुखको घर परिसरमा बम विस्फोट

माघ १०, २०७४
नगर प्रमुखको घर परिसरमा बम विस्फोट

धनगढी,१० माघ-कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । 

बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ । 

हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताए । घटनास्थल बाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ । 

स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित भएका थिए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्