
मोरङ, १० माघ- दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदाँ मोरङमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा कानेपोखरी गाउँपालिका–२ का ५० वर्षीय भिमबहादुर कार्की रहेका छन् । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर भएको दुर्घटनामा को २ प ७९ नम्बरको मोटरसाइकल चालक कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।
अर्का मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय सुजन थापा र पछाडि सवार १९ वर्षीय शिव सिंहको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
यसैगरी चार दिनदेखि बेपत्ता सुन्दरहैचा–१ की ७५ वर्षीया बेदमाया भुजेल बुधबार बिहान सोही वडामा रहेको पैनीमा डुबेको अवस्थामा मृत भेटिएकी छिन् । प्रहरीका अनुसार भुजेलको मानसिक सन्तुलन ठीक थिएन ।