१७ असार २०८३, बुधबार

के हो ? गुगल ह्याङ आउट कसरी चलाउने ?

माघ ११, २०७४
के हो ? गुगल ह्याङ आउट कसरी चलाउने ?

काठमाडौँ- गुगल ह्याङ आउट गुगलद्वारा निर्माण गरिएको सञ्चार प्लेटफर्म हो, जसमा तत्काल मेसेज गर्न, भिडियो च्याट गर्न, एसएमएस पठाउन र भीओआईपी लगायतका विशेषता रहेका छन् । यसको आगमन पश्चात् गुगलले सुरु गरेका गुगल टक, गुगल प्लस म्यासेन्जर जसलाई हुडल भन्ने गरिन्थ्यो यी सबै गुगल प्लस ह्याङ आउटमा समावेश गरिएका छन् । 
मोबाइल, ट्याब्लेट, डेस्कटप वा ल्यापटपमा एप वा वेबसाइटमा गई यो सेवा सहजै प्रयोग गर्न सकिन्छ । ह्याङ आउटको माध्यमबाट एकैपटक १० जनासँग समूहमा बसेर भिडियो च्याट गर्न सकिन्छ । युट्युब भिडियोबाट सो भिडियो च्याटलाई प्रत्यक्ष विश्वव्यापी प्रसारण गर्न पनि सकिन्छ । केही अघि गुगलले ह्याङ आउटको एन्ड्रोइड र आईओएस एपको ७.० भर्सन सार्वजनिक गरेको छ । यो अन्य सञ्चार सफ्टवेयर जस्तै सफ्टवेयर हो, जो निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ । 

गुगलको ह्याङ आउट माइक्रोसफ्ट विन्डोज (क्रोम एक्सटेन्सन), सबैजसो आधुनिक वेब ब्राउजर, ओएस एक्स (क्रोम एक्सटेन्सन), लिनक्स (क्रोम एक्सटेन्सन), क्रोम ओएस्, एन्ड्रोइड, आईओएस लगायतका अपरेटिङ सिस्टममा चलाउन मिल्छ । 
मोबाइलमा गुगल ह्याङ आउट चलाउने विधि :
१) मोबाइलमा गुगल ह्याङ आउट एप इन्टल गर्नुहोस् । 
२) जिमेल वा गुगल प्लस मार्फत साइन इन गर्नुहोस् । 
३) तपाईसँग जिमेलमा भएका सबै सम्पर्क इमेल लिस्ट देखिनेछन् । 
४) अनलाइन इमेल लिस्टमा हरियो बटन देखापर्छ, त्यस्ता साथीसँग छुट्टाछुट्टै वा ग्रुपमा च्याट, अडियो र भिडियो कुराकानी गर्न सक्नुहुन्छ । अधिकतम १० जनासँग ग्रुपमा भिडियो कल गर्न सकिने सुविधा रहेको छ । 
वेब ब्राउजर मार्फत गुगल ह्याङ आउट चलाउने विधि ः
१) कुनै पनि आधुनिक वेब ब्राउजर मार्फत https://hangouts.google.com/  वेब साइटमा जानुहोस् । सकभर गुगल ह्याङ आउट वेबमा चलाउँदा गुगल क्रोम ब्राउजर चलाउनुहोस् । 
२) गुगल प्लस वा जिमेल एकाउन्ट लगइन गर्नुहोस्
३) जिमेल लगइन भइसकेपछि तपाईंले आफ्नो इमेलमा भएका साथीसँग छुट्टाछुट्टै वा ग्रुपमा च्याट, अडियो र भिडियो कुराकानी गर्न सक्नुहुन्छ । 
४) मेनुमा गई कन्ट्याक्टमा मा क्लिक गरी सम्पर्क गर्न चाहेको व्यक्तिको नाम सर्च गर्नुहोस् । यदि भेट्नुभयो भने नाममा क्लिक गरी कुराकानी गर्न सक्नुहुन्छ । 
४) यदि तपाईंले इमेलमा नभएका साथीलाई गुगल ह्याङ आउटमा इन्भाइटसमेत गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले कन्ट्याक्टमा गई इमेल आईडी सर्च गर्नुहोस् तपाईंको कन्ट्याक्टमा नभएको साथीलाई इमेल आईडी मार्फत गुगल ह्याङ आउटमा इन्भाइट गर्न सक्नुहुन्छ । 
५) साथै तपाईं गुगल ह्याङ आउटबाट तपाईंबीच भइरहेको भिडियो कल तथा बहस विश्वमाझ प्रत्यक्ष प्रसारण गर्न पनि सक्नुहुन्छ । त्यसका लागि बायाँ साइडमा रहेको मेनुबारमा गएर ह्यान्ड आउट अन एयर एक्टीभेट गरी प्लगइन इन्टल गर्नुपर्छ । 
६) तपाईं सेटिङमा गएर विभिन्न सेवालाई एन्टीभेट तथा डिएक्टीभेट गर्न सक्नुहुन्छ । 
७) गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ भने तपाईंले गुगल ह्यान्ड आउट प्लगइन ब्राउजरमा इन्स्टल गर्न सक्नुहुन्छ । जसले गर्दा गुगल ह्याङ आउट चलाउँदा सहज हुन्छ । 
त्यसो त स्काइप, भाइबर, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, काकाओ टक, लाइन, ट्याङ्गो, आईसीक्यू, वीच्याट जस्ता अन्य दर्जनौँ एपले पनि भिडियो कलिङको सुविधा उपलब्ध गराउँदै आएका छन् । -गोरखापत्रबाट 

salt training

कमेन्ट गर्नुहोस्