
काठमाडौँ, ११ माघ- ललितपुरको भट्टेडाडाँमा जडान गरिएको नयाँ राडारबाट नेपाली हवाई आकाशको निगरानी सुरु भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले राडार जडानका लागि ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रूपमा आगामी माघको १८ गतेदेखि सुरु हुने छ । मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स राडार (एमएसएसआर) नामक राडार २ सय ५० नोटकल (प्रतिनोटकल १.८५ किमी) क्षमता रहेको छ । हाल फूलचोकीमा रहेको १७ वर्ष पुरानो प्राइमरी राडारको क्षमता थोरै रहेकोले धेरै पहिले देखिनै नयाँ राडार आवश्यक रहेको महशुस गरिएको थियो, कारोबार दैनिकमा खबर छ ।