
रुपन्देही, माघ ११– रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार, जेब्राक्रसबाट बाटो पार गर्दै गरेकी महिलालाई बिहीबार बिहान लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।
उनको पहिचान भने खुलेको छैन । जेब्राक्रसमै पैदलयात्रीलाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् । अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् । महिलाको मृत्युपछि जानकीनगर तनावग्रस्त बनेको छ ।
स्थानीयको विरोध प्रदर्शनका कारण अहिले सिद्धार्थ राजमार्ग ठप्प भएको छ ।