×

NMB BANK
NIC ASIA

महिलालाई मलमूत्र खुवाउने शिक्षकलाई प्रहरीले संरक्षण गर्दा लक्ष्मीको ज्यान गएको खुलासा

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २६ मंसिर – काभ्रेको चौवास प्रहरीको लापरवाहीका कारण सानोथवाङ—७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकै संरक्षणमा चौवास प्रहरी चौकीका असई प्रेम चौधरी महिलालाई कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामाको प्रभावमा परेको कारण उनको ज्यान गएको स्थानीय बासिन्दाले दाबी गरेका छन् ।


चौवास प्रहरीले बोक्सीको आरोपमा मलमूत्र खुवाएकी महिलाको पक्षमा वकालत गर्दै सो विषयलाई जिल्लामा अगाडि बढाउनुको साटो लामाको प्रभावमा परेर घटनालाई सामसुम पार्ने प्रयास गर्दा उनको ज्यान गएको हो । मंगलवार साँझ लक्ष्मीलाई लामासहितको समूहले बोक्सीको आरोप लगाउँदै स्थानीय सूर्योदय माविको पोलमा बाँधेर कुटपिट गरेका थिए ।

बिहीवार स्थानीय १५ जना व्यक्तिलाई जम्मा गरेर असई चौधरीले लामा र परियारको बीचमा मिलापत्र गरेपछि सो विषयलाई सामसुम पार्ने कोशिश गरिएको थियो । असई चौधरीले सो विषयलाई अघि बढाउनुको साटो लामाको प्रभावमा परेर मिलापत्र गरेसँगै प्रहरीको गल्ती भएको भेटिएको हो ।

कानुन अनुसार घरायसी घरझगडा बाहेकका विषयमा मिलापत्र गर्न पाइँदैन । तर प्रहरीले बोक्सीको आरोप लगाएको विषयलाई लुकाएर सामान्य झगडाको रूपमा मिलापत्र गरेको थियो । शुक्रवार लक्ष्मीको घरमै निधन भएपछि प्रहरीको गल्ती छताछुल्ल भएको हो । अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि प्रहरीको गल्ती ढाकछोप गर्नको लागि कोशिश गरिरहेको छ ।

‘पहिले आफूले मिलापत्र गराएको कारणले प्रहरी डराएको हो,’ जिल्लास्थित एक अधिकारकर्मीले लोकान्तरसँग भने, ‘बोक्सीको आरोपमा दिसापिसाब खुवाएर कुटपिट गरेकै हुन्, तर सो विषयलाई प्रहरीले ढाक्न खोज्दैछ ।’ उनका अनुसार प्रहरीले आफू फँस्ने डरले बोक्सीको आरोपमा कुटपिट गरेको विषयलाई ढाकछोप गर्ने कोशिश गरेको हो ।

शुक्रवार लक्ष्मीको निधन भएपछि उनको माइती पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सूर्योदय माविका सामाजिक विषयका शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया तामाङ, छिमेकी साइँला तामाङ र लक्ष्मीका श्रीमान् मिलन परियारलाई पक्राउ गरेको हो ।

घटना दबाउन खोज्दै प्रहरी
काभ्रे प्रहरीका डिएसपी नवीनराज राईले बोक्सीको आरोप लगाएको विषय लक्ष्मीको निधन भएपछि मात्रै उठेको विषय भएको बताए । ‘बोक्सीको आरोपमा कुटपिट गरेको भए पहिले नै त्यो विषय बाहिर आउनुपर्ने थियो,’ उनले भने, ‘हाम्रो अनुसन्धानले बोक्सीको आरोपमा कुटपिट गरेको र दिसापिसाब खुवाएको देखाउँदैन ।’

राईले आफूहरूले गरेको मिलापत्रको गल्ती बाहिर आउने डरले ‘बाहिर आएजस्तो बोक्सीको आरोपमा कुटपिट नभएको’ बताए । लक्ष्मीका १० वर्षीय छोराले सञ्चारमाध्यमलाई दिएको बयानलाई गलत रहेको बताउँदै उनले शुक्रवार बिहान लक्ष्मीलाई उनको श्रीमानले पनि कुटपिट गरेको बताए । ‘हामीसँगको बयानमा मृत्यु हुँदाको दिन श्रीमानले श्रीमतीलाई एक लठ्ठी हानेको स्वीकारेको छ,’ राईले भने ।

उनले गाउँमा सामान्य झैं झगडाको निवेदन आएको र त्यसै अनुसार मिलापत्र गरिएको उनले बताए । तर लक्ष्मीले प्रहरी चौकीमा आफूलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेका निवेदन दिएकी थिइन् ।

लक्ष्मीकी ६० वर्षीया सासु विष्णुमाया नेपालीले आफ्नी बुहारीलाई शिक्षक लामासहितको टोलीले निर्घात कुटपिट गरेको र मलमूत्र खुवाएको बताइन् । आफूले बुहारीलाई नपिट्न साह्रै अनुरोध गरेको भएपनि बुहारीमाथि निर्घात कुटपिट गरिएको उनको भनाई छ ।

स्थानीयहरूका अनुसार पनि लामासहितका व्यक्तिले लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । तर स्थानीय प्रहरीलाई लामाले प्रभावित गर्नेबित्तिकै घटना अर्कै बाटोमा मोडिएको छ ।
प्रहरीले लामाले मलमूत्र खुवाएर कुटपिट नगरेको र निर्घात कुटपिट समेत नगरेको बताएको छ । सो घटनाका बारेमा मिलापत्र गराउन पहल गर्ने असई प्रेम चौधरीले उनीहरूले लडाईं गरेको ठाउँमा एक थोपा रगत समेत नभेटिएको लोकान्तरलाई बताए ।

निकै हस्याङफस्याङ गर्दै प्रतिक्रिया दिएका उनले भने, ‘अरू थप विषयमा जिल्लाबाट जे कुरा आएको छ त्यही हो, उतै बुझ्नुहोला ।’

प्रहरी तथा स्थानीयका अनुसार कुटपिट गर्ने शिक्षक लामा गाउँका ‘डन’ हुन् । उनले बेलाबेलामा अरूलाई पनि कुटपिट गर्ने गरेका छन् । प्रहरीकै रेकर्ड अनुसार उनी यसभन्दा अघि पनि कुटपिट गरेर सार्वजनिक मुद्दा खेपेका व्यक्ति हुन् । ‘लामा मान्छे चाहिँ पहिलेदेखिकै फटाहा हो,’ डिएसपी राईले स्वीकार गरे ।

इन्सेक काभ्रेका प्रतिनिधि भोजराज तिमिल्सिनाले महिलालाई मलमूत्र खुवाएर कुटपिट गरिएको जानकारी आफूलाई पनि आएको लोकान्तरलाई बताए । स्थानीयले फोन गरेर शिक्षक लामासहितको टोलीले उनलाई मलमूत्र खुवाएर कुटपिट गरेको जानकारी दिएको उनले बताए ।
कुटपिट गर्ने शिक्षक लामा । तस्वीर स्रोतः राजकुमार गोलेको फेसबुकबाट । 

‘यस विषयमा मानवअधिकार आयोग र अधिकारकर्मीहरूले पनि अध्ययन गर्दैछौं,’ उनले भने, ‘हामीसँग चाहिँ प्रहरीले तथ्यमा टेकेर कारबाही अघि बढाउने बताएको छ ।’

Muktinath Bank
सोही ठाउँका एक विद्यालयमा अध्यापन गराइरहेका शिक्षकले अहिले प्रहरीले जे भनेको भएपनि मृतक महिलालाई मलमूत्र खुवाएर बोक्सीको आरोपमा कुटपिट गरिएको बताए । ‘उल्टै लक्ष्मीले शिक्षक लामालाई ६ हजार रुपैयाँ पैसा तिर्नेगरी मिलापत्र भएको थियो, तर उनले साथमा पैसा नभएको कारणले तिर्न सकिनन्,’ ती शिक्षकले भने, ‘सोही साँझ असई चौधरी र लामाले एकै ठाउँमा बसेर रक्सी र मासु खाएका थिए ।’

विद्यामान कानूनी व्यवस्था अनुसार, वोक्सीको आरोपमा मलमूत्र खुवाउने र कुटपिट गर्ने घटना भएपछि प्रहरीले घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारवाही गर्नुपर्छ । कारवाही प्रक्रिया अघि बढाउनुपर्छ तर मिलापत्र गराउन मिल्दैन । ‘तर यो प्रकरणमा स्थानीय चौवास प्रहरी चौकीका असई चौधरी शिक्षक लामाको प्रभावमा परी मिलापत्र गराउने काममा खटिएको खुल्न आएको छ,’ ती शिक्षकले लोकान्तरसँग भने ।

कानून व्यवसायीले बोक्सी आरोपमा मलमूत्र खुवाउने र कुटपिट गर्ने घटना भएपछि मिलापत्र गराउन नमिल्ने बताएका छन् ।
‘यस्ता घटनालाई गम्भीर अपराधका रूपमा लिइन्छ । मिलापत्र गराउन मिल्दैन,’ अधिवक्ता माधव बस्नेतले लोकान्तरसँग भने ।

लोकान्तरको सम्पर्कमा आएका स्थानीय शिक्षकले आफूलाई ज्यानकै खतरा हुने डरले नाम चाहिँ उल्लेख नगरिदिन आग्रह गर्दै प्रहरीले आफूले गरेको गल्तीबाट बच्नको लागि जाल बुनिरहेको बताए । ‘अहिले लक्ष्मीको श्रीमानलाई कुटपिट गरेको आरोपमा फसाउने कोशिश पुलिसले गरेको छ,’ उनले भने, ‘तर श्रीमानले लक्ष्मीलाई कुटपिट नै गरेका छैनन् ।’
आफू महिलालाई मलमूत्र खुवाइएपछि निजको घरमा पुगेको तर श्रीमानले कुटपिट गरेको चाहिँ नदेखिएको बताए । उनले लक्ष्मीमाथि कुटपिट हुनेबित्तिकै आफूले जानकारी पाएको समेत बताए ।

बुझ्नै पाएको छैन : प्रजिअ
यसबीच काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइएको, कुटिएको र ज्यान गएको बारे आफूले बुझ्न नपाएको टिप्पणी गरेका छन् ।
यत्रो घटना भएछ, तपाईंसँग यसबारे के सूचना छ ? भन्ने लोकान्तरको प्रश्नमा प्रजिअ सिम्खडाले भने, ‘पत्रिका पढेर थाहा पाएँ । तर बुझ्न पाएको छैन । तपाईंले चासो देखाउनुभयो, अब विस्तृतमा बुझ्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x