
काठमाडौं, १८ माघ– पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रको प्रगति खस्किँदै गएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले दातृनिकायहरुसँग गरेको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको प्रगति खस्किएको पाइएको हो ।
राजनीतिक अस्थिरता, बन्द–हड्ताल, नाकाबन्दीजस्ता विविध कारणले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्न नसकेको जनाकारहरुले बताएका छन् । केहि वर्षअघिसम्म नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको थियो ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले स्वास्थ्यको खस्किँदो अवस्था देखेर दाताहरु निराश बनेको बताए, नयाँ पत्रिकामा खबर छ ।