
सिन्धुली, १८ माघ– स्थानीय तहका जनप्रतिनिधिलाई के–कति सुविधा दिने भन्ने विषयमा कानुनी रुपमा निक्र्यौल भएको छैन । यससम्बन्धी नीति–निर्माण गर्ने प्रदेश कानून नबन्दै सिन्धुलीको तीनपाटन गाउँपालिका भने जनप्रतिनिधिका लागि पोसाक र मोबाइल खरिद गर्न लागेको छ ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले भने, ‘सबैको एउटा पोसाक होस् भनेर सिलाउन लागेका हौं।’ गाउँपालिकाको बैठकले सबै जनप्रतिनिधिलाई पोसाकसँगै एक–एक थान मोबाइल पनि खरिद गर्ने निर्णय गरेको जनाएको छ । गाउँपालिकाका ५९ जना जनप्रतिनिधिलाई जनही सात हजार पाँच सरकार दरले पोसाक सिलाउन बजेट छुट्याइएको छ, नयाँ पत्रिकामा खबर छ ।