२८ जेठ २०८३, बिहीबार

प्रदेश ३ को पहिलो संसद बैठक सम्पन्न, अन्तरिम कार्यविधि पारित

प्रदेश ३ को पहिलो संसद बैठक सम्पन्न, अन्तरिम कार्यविधि पारित

हेटौंडा, १८ माघ-प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि- २०७४ पारित गर्दै प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ । 

प्रदेशको अस्थायी राजधानी हेटौंडामा बसेको बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको हो।

त्यसअघि प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ८ वटै दलका प्रतिनिधिले धारणा राखेका थिए । प्रदेश नम्बर ३ मा एमाले, कांग्रेस, माओवादी, विवेकशील साझा, नेमकिपा, नयाँ शक्ति, राप्रपा र राप्रपा प्रजातान्तिकको प्रतिनिधित्व छ । 

बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए । बैठकको शुरुमै प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइएको थियो । यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।

प्रदेश संसदको अर्को बैठक यही माघ २७ गते बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्