१९ असार २०८३, शुक्रबार

व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

माघ २०, २०७४
व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

लहान, २० माघ- सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा शुक्रबार साँझ धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो । 

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको धबौलीबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवलाई सिरहा, मिर्चैया नगरपालिका– २ मझौलिया निवासी ३० वर्षीय खानलाई विसं २०७३ माघ १ गते गोली प्रहार गरी फरार भएको आरोप लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्