०८ असार २०८३, सोमबार

ट्रिपर दुर्घटनमा चालक र सहचालको मृत्यु

ट्रिपर दुर्घटनमा चालक र सहचालको मृत्यु

सल्यान, २० माघ– सल्यानमा भएको ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेको से १ क ५२७ नम्बरको ट्रिपर कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा दुर्घटना हुँदा ट्रिपरका चालक र सहचालक दुवैको मृत्यु भएको हो ।

दाङबाट पूर्वी रुकुम जाँदै गरेको ट्रिपर दुर्घटनमा बाँकेको कोहलपुर नगरपालिका १ निवासी चालक २७ वर्षीय ज्ञानकुमार वोहोरा र सहचालक डोटी घर भएका  २२ वर्षका रमेश पुन मगरको मृत्यु भएको हो । दुवै जनाको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

शुक्रबार राति ब्रेक फेल हुँदा ट्रिपर सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्