
सिरहा, २१ माघ- डेढ दशकअघिसम्म जिल्लामै चर्चित थियो सिरहाको बस्तीपुरस्थित माध्यमिक विद्यालय । उदयपुर, खोटाङलगायत पहाडी जिल्लाका विद्यार्थी पनि यहीँ पढ्न आउँथे । सदरमुकामस्थित सबैभन्दा पुरानो चन्द्र मावि र लहानस्थित पशुपति माविको पनि आफ्नै साख थियो ।
२०३७ को एसएलसीमा बोर्ड थर्ड र २ पटक पूर्वाञ्चल ‘फस्र्ट’ बनेको बस्तीपुर मावि अहिले दलित समुदायका बालबालिकाको भरमा छ । २००४ सालमा स्थापित विद्यालयमा १२ कक्षासम्म पढाइ हुन्छ । अहिले ९ सय ९६ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६८ प्रतिशत विद्यार्थी चमार, मुसहरलगायत दलित समुदायका हुन् ।
बस्तीपुर माविबाटै २०४३ सालमा एसएलसी पास गरी नौ वर्ष त्यही विद्यालयमा मावि शिक्षक भइसकेका काशीन्द्र यादव पठनपाठनभन्दा राजनीतिक गतिविधिले बढावा पाउन थालेकाले सामुदायिक विद्यालयको दुरवस्था सुरु भएको बताउँछन् । दक्षिण पश्चिमवर्ती सिक्रोन भरेवास्थित मौजे जनता आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । २०१७ सालमा स्थापित विद्यालयमा ९१ बालबालिका अध्ययनरत छन् । ६५ भन्दा बढी बालबालिका दलित दास (तत्मा) र केवट समुदायका छन् । बालबालिका नियमित विद्यालय नआउँदा शिक्षकसमेत दिनहुँ उपस्थित हुँदैनन् । शिक्षक पढाउने जाँगर चलाउनुभन्दा अधिकांश समय
बन्दै गर्छन, कान्तिपुरमा खबर छ ।