२४ जेठ २०८३, आइतबार

म्यान्चेस्टरसँग हडर्सफिल्ड २–० ले पराजित

म्यान्चेस्टरसँग हडर्सफिल्ड २–० ले पराजित

काठमाडौं, २१ माघ– इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले रेलिगेसन जोनमा रहेको हडर्सफिल्ड युनाइटेडबिरुद्ध २–० गोलको जित दर्ता गराएको छ । 

ओल्ड ट्राफोटमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि रोमेलु लुकाकुले ५५औं मिनेटमा क्लोज रेञ्ज भलीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
हडर्सफिल्डका डिफेण्डर माइकल हाफेलीले सान्चेसलाई गरेको फलमा युनाइटेडले पेनाल्टीको अवसर पायो । 

शनिबार साँझ भएका खेलमा लिग लिडर म्यान्चेस्टर सिटीले बर्नलेसँग एक एक गोलको बराबरी खेलेपछि दोस्रो स्थानको युनाइटेडले अन्तर १३ अंकमा झारेको छ । सिटीको २६ खेलबट ६९ छ भने युनाइटेडको ५६ अंक रहेको छ ।

ओल्ड ट्राफोटमा शनिबार रातिको क्षण निकै भावुक देखियो । खेल सुरु हुनुअघि खेलाडी र समर्थकले म्यूनिख एयर दुर्घटनाको ६० औं स्मृति दिवसका अवसरमा एक मिनेट मौनधारण गरे ।

salt training

कमेन्ट गर्नुहोस्