
साताको अन्तिम दिनको तुलनामा पहिलो दिन बजारमा सुनको भाउ घटेको छ । आज छापावाला सुन तोलामा ५७ हजार २ सयमा कारोबार भईरहेको छ ।
यस्तै तेजावी सुनको मुल्य आज ५६ हजार ९ रहेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुन ५७ हजार ८ सय र तेजावी सुन ५७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदी ७४५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।