२१ जेठ २०८३, बिहीबार

हातमा कागज राखेर एक मिनेटमा रोग पत्ता लगाउनुस् !

हातमा कागज राखेर एक मिनेटमा रोग पत्ता लगाउनुस् !

काठमाडौं, २१ माघ — मानिसहरू आफूलाई लागेको रोग पत्ता लगाउनका लागि चिकित्सककहाँ पुग्छन् । तर हामी तपाईंलाई अनुसन्धानमा आधारित एउटा परीक्षणका बारेमा बताइरहेका छौं जसमार्फत तपाईंले घरमै बसेर स्वास्थ्य समस्या छ कि छैन पत्ता लगाउन सक्नुहुन्छ । 

टोरन्टो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा ब्रोडकास्ट मेडिकल जर्नलिस्ट डा जोलीन हूवरले यो परीक्षण गरेर देखाएका छन् । उनले कागजमार्फत स्वास्थ्य परीक्षण गरेका छन् । 

परीक्षणका लागि तपाईंले ए४ साइजको कागज लिनुपर्छ । 

शुरूमा दुवै हातलाई एक सीधा राख्नुस् । अब त्यस कागजलाई आफ्नो एक हातको हत्केलाको अर्कोपट्टिको भागमा एक मिनेटसम्म राख्नुस् । 

हातमा राखिएको कागज काँप्न थाल्यो भने तपाईंलाई थाइराइड तथा स्नायु प्रणालीमा समस्या छ भनी बुझ्नुस् । पार्किन्सन्सको समस्या पनि हुन सक्छ । 

अनि तपाईंलाई तौल छिट्टो घट्ने, बारम्बार गर्मी हुने तथा थकाइ लाग्ने समस्या अनुभव हुन्छ भने थाइरोइड बढी सक्रिय भएको संकेत हुनसक्छ । तुरुन्तै चिकित्सकको सल्लाह लिएर उपचार थाल्नुस् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्