१२ असार २०८३, शुक्रबार

सलमान भन्दा पहिला यसकारण नेपाल आउँदै छिन् दीपिका ?

सलमान भन्दा पहिला यसकारण नेपाल आउँदै छिन् दीपिका ?


चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउँदै छिन् । उनका साथमा अभिनेता इरफान खान पनि हुनेछन् । दीपिका र इरफानको नेपाल यात्रा घुमफिरका लागि भने होइन । उनीहरू फिल्म सुटिङका लागि आउँदै छन् । उनी ५ मार्चमा काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेका हुन् । फिल्म निर्माता, निर्देशक, संगीतकार, पटकथा लेखकजस्ता धेरै परिचय बनाएका भारद्वाजले ट्विटमार्फत् खुलासा गरेका छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’

उनले निर्देशन गर्ने नयाँ फिल्म नेपालबाटै सुरु हुनेछ । तर, अहिलेसम्म फिल्मको नाम भने तय भइसकेको छैन ।

दीपिका र इरफानले फिल्म ‘पिकु’मा स्क्रिन सेयर गरिसकेका छन् । एउटै स्क्रिनमा यो उनीहरूका लागि दोस्रो मौका हुनेछ ।

सलमान खान पनि नेपाल मार्च ९ मा नेपाल आउँदै छन् । 

salt training

कमेन्ट गर्नुहोस्