२१ असार २०८३, आइतबार

उत्तर कोरियाले कसरी बनायो आणविक बम ? यो दूतावासले गरेछ सहयोग

उत्तर कोरियाले कसरी बनायो आणविक बम ? यो दूतावासले गरेछ सहयोग

काठमाडौं, २१ माघ — उत्तर कोरियाले हेर्दाहेर्दै आणविक र हाइड्रोजन बम बनाउन सफलता हासिल गरिसकेको छ । त्यसैको आडमा उसले अमेरिकालाई बर्बाद गर्ने धम्की पनि दिने गरेको छ । 

उत्तरले आणविक बम बनाउने प्रविधि कहाँबाट सिक्यो ? यसबारेमा अनेकौं दाबी भेटिन्छन् । 

ताजा जासूसी रिपोर्टमा उत्तर कोरियाले बर्लिनमा रहेको आफ्नो दूतावासको सहयोगमा आणविक बम बनाउने प्रविधि र उपकरण हासिल गरेको तथ्य सार्वजनिक भएको छ । 

जर्मनीको जासूसी संस्थाका प्रमुखले बर्लिन दूतावासबाट उत्तरले उपकरण किन्ने गरेको बताए । हान्स जर्ज मेसनका अनुसार, उपकरण किनेका अनेकौं गतिविधि दूतावासमा दर्ता गरिएका थिए । 

मेसनले एक अन्तर्वार्तामा बताएअनुसार, यी उपकरणको प्रयोग आणविक कार्यक्रममा गरिएको थियो । प्रविधिका बारेमा चाहिँ उनले प्रस्ट रूपमा बताएनन् । 

जासूसी संस्थाका प्रमुखले यस्ता कुरा थाहा पाउनेबित्तिकै लक गर्ने गरेको बताए । तर सबै प्रयासलाई असफल गर्न नसकिने उनले बताए । 

उत्तर कोरियाले सन् २०१६ र २०१७ का बीचमा आणविक बम बनाउनका लागि जर्मन प्रविधि हत्याउने प्रयास गरेको थियो । उत्तरले कोइला, फलाम र स्टीलको निर्यात गरेर कमाएको पैसाले आणविक कार्यक्रममा खर्च गरिरहेको संयुक्त राष्ट्रसंघले बताएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्