२१ जेठ २०८३, बिहीबार

शीतकालीन ओलम्पिकको तयारी पूरा : हरेक खेलाडीले पाउनेछन् ३७ कन्डम

शीतकालीन ओलम्पिकको तयारी पूरा : हरेक खेलाडीले पाउनेछन् ३७ कन्डम

काठमाडौं, २१ माघ — दक्षिण कोरियाको पेओङचाङमा शीतकालीन ओलम्पिक माघ २५ गतेबाट शुरू हुँदैछ । त्यसमा ९२ देशका २९ सय ५२ खेलाडीले भाग लिनेछन् । 

दक्षिणले खेलाडीहरूको हरेक सुखसुविधाको व्यवस्थापन गरिरहेको छ । पुरुष तथा महिला खेलाडीहरूका लागि एक लाख १० हजार कन्डम मगाइएको छ । प्रत्येक खेलाडीले औसतमा ३७ वटा कन्डम पाउनेछन् । 

यतिधेरै कन्डम किन चाहियो भनी सोधिएको प्रश्नमा ओलम्पिक अधिकारीहरूले १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे पर्ने र त्यतिखेर कन्डमहरू खपत हुने सम्भावना रहेको तर्क दिए । 

प्रत्येक खेलाडीको होटेलको कोठामा रहेको बाथरूममा कन्डम राखिनेछ । मागअनुसार प्रतिदिनको निश्चित सप्लाई बढाइन पनि सक्नेछ । यसबाहेक पम्फ्लेट बाँडेर पनि मानिसहरूलाई एड्सको दुष्प्रभावका बारेमा जागरुक गराइनेछ
। 

सन् २०१६ मा भएको रियो ओलम्पिकमा साढे चार लाख कन्डम बाँडिएको थियो । त्यतिखेर प्रत्येक खेलाडीको भागमा ४२ कन्डम परेको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्