२७ जेठ २०८३, बुधबार

घुस लिँदै गर्दा अख्तियारको फन्दामा परे घुमुवा प्रहरी

माघ २१, २०७४
घुस लिँदै गर्दा अख्तियारको फन्दामा परे घुमुवा प्रहरी

जनकपुरधाम २१ माघ-  घुस लिदैगर्दा सादा पोसाकमा खटिएका घुमुवा प्रहरी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दीबासबाट जनकपुर उपमहानगरपालिका ७  स्थित खटिएको टोलीले घुस लिँदै गरेको प्रहरीलाई नगद घुस सहित पक्राउ गरेको हो । 

जनकपुर उपमहानगरपालिका ७ स्थित भ्रमप्रपुरा चौकमा श्रीपुर गाउँपालिका वड़ा नंबर १ सुनसरी स्थायी घर भाई हाल अस्थाई प्रहरी पोस्ट लक्ष्मीनिया धनुषामा कार्यरत रहेका बर्ष ३८ का प्रहरी जवान मनोज कुमार प्रसैलालाई अख्तियारको टोलीले दस हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

एक जना सेवाग्राही संग मदिरा बिक्री बितरण सहज बनाइदिने र मदिरा बिक्री बितरणका लागि इजाजत पत्र समेत बनाइदिने भन्दै दस हजार रुपियाँ सेबाग्राहिबाट घुस लिदै गरेको अबस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । घुमुवा प्रसैलालाई अख्तियारको बर्दीबासको टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्