१९ असार २०८३, शुक्रबार

'एमाले-माओवादी एकता नभए मुलुकमा ठूलो दुर्घटना'

'एमाले-माओवादी एकता नभए मुलुकमा ठूलो दुर्घटना'

काठमाडौँ, २१ माघ - नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालमा वाम गठबन्धनले नयाँ किसिमको समाजवाद ल्याउने बताएका छन्  । 

प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले  संसारले नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने बताए  । उनले  कार्लमाक्र्स र लेनिनले भनेजस्तो समाजवाद ल्याइने बताउँदै भने , “तर माक्र्स र लेनिनले भनेको बाटोका आधारमा नभई फरक प्रक्रियावाट समाजवाद ल्याउछौँ ।” 

उनले  आफूले निर्माण गर्ने समाजवाद कसैले होच्याउने किसिमको समेत नहुने धारणा राखे । नेता गौतमले पार्टी एकता गर्ने जिम्मेवारी नेकपा (माओवादी केन्द्र)भन्दा एमालेको बढी भएको समेत बताए  । 


उन्ल्ले  पार्टी एकता गर्दा दुई पार्टी एकअर्कामा विलय नभएर एक अर्कामा गाभिएर नयाँ शक्तिशाली पार्टी बन्ने बताए  । उपाध्यक्ष गौतमले अहिले दुई पार्टीबीच छैटौँपटक पार्टी एकताको प्रयास भइरहेको भन्दै अहिलेको प्रयासलाई सफलता पु¥याउने बताए । 

दुई पार्टीबीच एकता नभए मुलुकमा ठूलो दुर्घटना हुने बताउँदै उन्ल्ले भने , “दुई पार्टी मिल्न सकिएन भने ठूलो मूल्य चुकाउनु पर्दछ ।” 


उनले अबको सरकारले भारतस्ँग राम्रो सम्बन्ध बढाउनका लागि नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्